क्रिकेटर लामिछानेलाई आठ वर्ष कैद सजाय तोकियो
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई बलात्कार ठहर गर्दै आठ बर्षको कैद सजाय तोकेको हो ।
त्यस्तै इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको अदालतका सूचना अधिकारी चन्द्र पन्थीले बताए ।
यहि पुस १३ गते बसेको इजलासले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको भन्दै लामिछानेलाई दोषी ठहर गरेको थियो ।
गएको भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा लामिछानेविरूद्ध दिएको बलात्कारको जाहेरीको अदालतले आज आदेश तोकेको हो ।