२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

नेपाल चीनको सीमाना तातोपानी नाका खुल्यो ।

नेपाल–चीन सीमास्थित तातोपानी नाका संचालनमा आएको छ । भण्डै आठ बर्ष पछि शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा र चीनतर्फ जानअनुमति पाएका हुन् ।
नाका पुगेका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा सहितको टोलिलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए ।
२०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द भएको केहि समय पछी सीमितरुपमा मात्रै सञ्चालनमा आएको थियो । त्यस पछि २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पूर्ण रुपमा बन्द भएको थियो ।
केही समयअघि चिनियाँ अधिकारीले शुक्रबार (आज) देखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयारको जानकारी गराए संग नेपालीहरु चिन तर्फ प्रवेस पाएको स्थानीयले बताएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*