१५ औं महाधिवेशनले पार्टी एकताको सन्देश दिन्छ : सभापति थापा

न्यूज समय

नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले असोज १६ गते देखि सुरु हुने नेपाली काँग्रेसको १५ औं महाधिवेशनले पार्टी एकताको सन्देश दिने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकमा सभापति थापाले पार्टी एकताका लागि अग्रजको सम्मानमा अधिकतम लचकता अपनाउने बतएका हुन् ।

वैठकलाई सम्वोधन गर्दै सभापति थापाले पार्टीका पूर्वसभापति शेरवहादुर देउवालाई १५ औं महाधिवेशनका लागि यही असोज ३ गते देखि सुरु हुने वडा अधिवेशलाई उद्घाटन गरिदिन् आव्हान समेत गरे ।

कसैलाई काखा र कसैलाई पाखा नगर्ने भन्दै सभापति थापाले महाधिवेशनमा अधिकाँसः नेताहरु सहभागि हुन आइसकेको भन्दै देउवा पक्षका अन्य नेताहरुलाई पनि आउन आग्रह गरेका छन् ।

सभापति थापाले पार्टीको महाधिवेशनले एकताको सन्देश दिने भएकाले सवैलाई सहभागिहुन आव्हान गर्दे वडा देखिका अधिवेशन भव्यताकासाथ सम्पन्न गर्न सवैलाई शुभकामना समेत दिए ।

पूर्णबहादुर खड्काले राखेका ८ र शेखर कोईरालाले राखेका ५ बुँदे माग सम्वोधन भइसकेको भन्दै सभापति थापाले देउवा आएर ३,४ गते देखि सुरु हुने वडा अधिवेशलाई उद्घाटन गरिदिए आफुहरुको ठुलो सम्मानको बिषय हुने धारणा व्यक्त गरे ।

यहि असोज ३ गते १५ औं महाधिवेशनका लागि वडा अधिवेशन सुरु हुने पूर्व सन्ध्यामा देउवा पक्षका पूर्णवहादुर खड्का, मीन विश्वकर्मा, स्याम घिमिरे, डिना उपाध्याय, गोविन्द भट्टराई लगाएतका नेता थापा समुहमा समाहित भएका छन् ।

देउवा समुहमा रहेका केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्माले संस्थापन समुहमा समाहित हुँदै केही दिन भित्रै झण्डै ९० प्रतिशनत नेताहरु पनि समाहित हुने पनि दावि गरेका छन् ।