१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

संसदमा संसदीय समितिका सभापतिका लागि उम्मेदवारी दर्ता गर्दै

संघीय संसदमा संसदीय समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ । ‘मिनी पार्लियामेन्ट’ का रूपमा पुकारिने समितिको नेतृत्व चयन प्रक्रिया राजनीतिक सहमतिसँगै अघि बढेको हो ।

खासमा संसद चुनाव भएर सरकार गठनलगत्तै संसदीय समितिहरुको पनि निर्वाचन हुनुपर्नेमा यस पटक ९ महिनापछि मात्र यो प्रक्रिया अघि बढेको छ । संसद अधिवेशनमा गतिरोध, राजनीतिक सहमति नहुने लगायत कारणले समिति नेतृत्व चयनका काम पनि हुन सकेको थिएन ।

पछिल्लो समय राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको पहलमा राजनीतिक सहमति बनेपछि प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो । जसअनुसार सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरिएको निर्वाचन प्रक्रियाअनुसार उम्मेदवारी गर्दा आज हुन लागेको हो ।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आइतबार ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*