८ जना सचिवको सरुवा र २ जनाको पदस्थापन
- ५ श्रावण, २०८०, शुक्रबार ००:२०
- मुख्य समाचार
- न्यूज समय
सरकारले ८ जना सचिवहरुको सरुवा र २ जनाको पदस्थापन गरेको छ । मन्त्रिपरिषद बैठकले बिहीबार सचिवको सरुवा र पदस्थापन गरेको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ भने बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा पठाएको छ ।
गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् भने खेलकुद मन्त्रालयका सूर्य गौतम निर्वाचन आयोगमा सरुवा भएका छन् । निर्वाचन आयोगमा रहेका गोकर्णमणि दुवाडी भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा भएका छन् भने भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा। दामोदर रेग्मी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।
उपराष्ट्रपति कार्यालयका सचिव तोयम राया प्रधानमन्त्री कार्यालय अन्तर्गतको तथ्यांक कार्यालयमा सरुवा भएका छन् । कर्णाली प्रदेशका प्रमुख सचिव डा। गोपी खनाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् । त्यस्तै, केही दिनअघि बढुवा भएका सचिव घनश्याम उपाध्याय बाग्मती प्रदेश र लक्ष्मी बस्नेत गण्डकी प्रदेशमा सरुवा भएका छन् ।