सरकाले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमै राख्ने तैयारी थालेको छ ।
उप–प्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले हाल अंग्रेजीमा रहेको इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमै राख्ने तैयारी सरकारले थालेको जनकारी दिए ।
मन्त्रालयको कार्यप्रगति विररणबारे जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पटक पटक बहस हुँदै आएको इम्बोसड नम्बर प्लेटलाई नेपालीमै राखिने गरी सरकारले तैयारी गरेको बताए ।
मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले पनि इम्बोसड नम्बर प्लेटलाई नेपालीमा राख्ने गरी तैयारी गर्न यस अघि निर्देशन दिईसकेको पनि जानकारी गराए ।
इम्बोस्ड नम्बर प्लेट निर्माण गर्ने सम्वन्धित एजेन्सी संग पनि यसबारे छलफल भइ सकेकोले यसलाई छिटै कार्यान्वयनमा लैजान सरकारले तैयारी थालेको मन्त्री श्रेष्ठको भनाई छ ।
न्यूज समय
१३ चैत्र, २०७९, सोमबार ००:००