१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

मेलम्चीको पानी काठमाडौं ल्याउन हाललाई बन्द गरियो

बाढी पहिरोबाट हुने संभावित जोखिमलाई मध्यनजर गरेर मेलम्चीको खानेपानी काठमाडौ पठाउन बन्द गरिएको छ ।
बर्षायाम नजिकिए संगै सुरुङलाई बाढी पहिरोबाट क्षेतिहुन नदिन हाललाई आयोजनाको मूल ढोका बन्द गरिएको हो ।
गत बर्षको आषाढमा आएको बाढीले सुरुङ तथा बाँधमा क्षेति पुरयापछि मेलम्चीको पानी सुरुङ मार्फत काठमाडौ पठाउन बन्द गरिएको थियो ।

आयोजना क्षेत्रको मुहानमा गिट्टीबालुवा सहितको थुप्रिएको लेदो सफा गरी यहि वैशाख ११ गते अस्थाइ बाँध बाँधेर पुनः पानी काठमाडौं ल्याईएको थियो ।
आयोजनका अनुसार आउँदो असोज मसान्त सम्मकालागि सुरुङको मुल ढोका बन्द गरिने बताईएको छ ।
मौषम सुधार भए संगै पुनः सुरुङमार्फत पानी काठमाडौं पठाईने आयोजनका एक अधिकारीले जानकारी दिए ।
उनका अनुसार जल तथा मौषम विज्ञान विभाग संग समन्वय गरेर मौषमबारे जानकारी लिई पानी काठमाडौं पठाउन थप निर्णय गरिने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*