२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

हमास र इजरायल बीच चार दिने युद्धविरामको घोषणा, दुवै पक्षका बन्धक रिहाई गरिदै

इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । अक्टोबर ७ देखी जारी युद्ध शुक्रबार आज देखि चार दिन सम्म लागु हुने गरी युद्धविराम गर्न सहमत भएका हुन् ।
कतारी मध्यस्तकर्तामा युद्धविराम संगै दुवै पक्षले बन्धक बनाईएका बन्धकहरुलाई रिहई गर्ने सहमति भएको छ ।
गाजामा बन्धक बनाईएका १३ जनालाई आजै रिहाई गरिने र इजरायली नियन्त्रणमा रहेका केहि प्यालेसिटनीलाई पनि रिहाई गरिने बताईएको छ ।
यो चार दिने अवधीमा दुवै तर्फबाट झण्डै ५० जना बन्धीहरु रिहाई हुने अनुमान गरिएको छ ।
दुवै पक्ष बीच भएको सम्झौता अनुसार एक बन्धक बराबर तीन जना प्यालेष्टिनी कैदी अर्थात् कुल १५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा हुने अपेक्षा पनि गरिएको छ ।
३ हप्ते यो युद्धमा गाजामा झण्डै १५ हजर मानिसको मृत्यु भएको छ भने हमासको आक्रमणबाट इजरायलमा २ सय बढीको मृत्यु भएको बताईको छ ।
अन्तराष्ट्रिय संचार माध्यम एएफपीलाई बताएअनुसार इजरायली सुरक्षा अधिकारी, अन्तर्राष्ट्रिय रेडक्रस–रेड क्रिसेन्टका कर्मचारी र इजिप्टको एक टोलीले इजिप्ट–गाजा सीमामा पर्ने राफामा बन्धकहरूलाई स्वागत गर्न खटाइने तैयारी भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*