२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

हमासको आक्रमणमा इजराईलमा झण्डै सात सयको मृत्यु भएको अनुमान

प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको आक्रमणमा परी इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

इजरायलको मन्त्रीपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गर्दै हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोध गरेको जनाएको छ । प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको पनि जनाएको अन्तराष्ट्रि संचार माध्यम सिन्ह्वाले जनाएको छ ।

इजरायली उद्धार सेवा जाकाले एक विज्ञप्ति जारी गर्दै गाजा–इजरायलको बाड नजिकैको ग्रामीण कृषि क्षेत्रमा एक सङ्गीत कार्यक्रम (नोभा फेस्टिभल) मा पार्टी गरिरहेका करिब २६० जना युवती र पुरुषको अवशेष सङ्कलन गरिएको जनाएको छ ।

सिन्ह्वाका अनुसार इजरायली भूमिमा हमास लडाकू र इजरायली सैनिकबीच भिडन्त भइरहेका बेला इजरायली सेनाले आइतबार पनि गाजाका विभिन्न स्थानमा हवाई आक्रमणलाई निरन्तरता दिईरहेको छ ।
गए राति पनि महोत्सवमा सहभागी धेरै जना हराइरहेको बताईएको छ । हमासले इजरायलमा हजारौं रकेट प्रहार सहितको आक्रमणमा गरेपछि सामाजिक सञ्जालहरूमार्फत आफ्ना नातेदार र साथीहरूलाई खोज्ने अभियान चलाएका छन् ।

आक्रमणमा परी १० जना नेपालीले पनि ज्यान गुमाएको इजराईल स्थित नेपाली दुतावासले पुष्ठी गरेको छ । अन्य केहि घाईते भएका छन् । मृतक १० जनाको शव नेपाल पठाउने तैयारी भएको पनि दुतावासले जनाएको छ । सकुशल रहेका अन्य नेपालीलाई उद्दार गर्ने तैयारी गरिएको बताईएको छ ।
रासस/सिन्ह्वा

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*