२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

सिंचाइ विभाग घेर्न पुगेका निर्माण व्यवसायी प्रहरी खोरमा

आफूले गरेको कामको भुक्तानी माग गर्दै चरणबद्ध आन्दोलनमा रहेका निर्माण व्यवसायीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनको कार्यक्रमअनुसार ललितपुर जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दीसहित धर्नामा बसेका व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो ।

विभागको मूलगेठमा ताला लगाएर धर्नामा बसेका व्यवसायीमाथि प्रहरीले धरपकड गरेको थियो । नेपाल निर्माण व्यवसायी महासंघका एक पदाधिकारीका अनुसार आज एक बजेसम्म विभागमा धर्नाको कार्यक्रम थियो । व्यवसायीहरु साउन १४ गतेदेखि आन्दोलनमा छन् ।

प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामा, उपाध्यक्ष प्रकाश सेट्टी, खिमप्रकाश मल्ल, महासचिव रोशन दाहाल, उपमहासचिव नरहरि थपलिया, सहकोषाध्यक्ष सन्तोष साहलगायत ५० भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।

व्यवसायीले आफूहरुले काम गरिसकेको रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन लागू हुनुपर्ने, व्यवसायीको माग सम्बोधन गर्न उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायत माग राखेका छन् ।

नेपाल निर्माण व्यवसायीको आह्वानमा यस अघि सडक विभाग कार्यालयमा पनि तालाबन्दी गरिएको छ । आफ्नो मागको सम्बोधन र कामको भुक्तानी नभएसम्म चरणबद्ध आन्दोलन कायम रहने महासंघले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*