२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

सत्ता गठबन्धनको बैठक सारियो, ३ बजे मन्त्रिपरिषद बैठक बस्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबार ३ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका छन् ।
समसामयीक राजनीति र बर्तमान अवस्थाका बारेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए ।
यस अघि नेकपा (माओवादी केन्द्र) संग छलफल गरेका प्रधानमन्त्री देउवाले एमसीसी र त्यसलाई संसदमा टेवल गर्ने बिषयबाट उत्पन्न परिस्थीतीका बारेमा छलफल हुने बुझिएको छ ।
त्यस्तै एमसीसीका बारेमा बनाउने साझा अवधारणका बिषयम छलफल गर्न ३ बजे बोलाईएको सत्ता गठबन्धनको बैठक बेलुका ५ बजेकालागि सारिएको छ ।
एमसीसी सम्झौता संसदमा टेबल गर्ने विषयमा गठबन्धन भित्र विवाद भएपछि त्यसबारे छलफल गर्न भन्दै विहिबार ३ बजे गठबन्धनको बैठक बोलाइएको थियो ।
माओवादी केन्द्र भने एमसीसी संसदमा टेवल गरे गठबन्धन छोडेर सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*