१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

संसद विघटन मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने गैरलोकतान्त्रिक कदम : रामचन्द्र पौडल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्रिपरिषदबाट सिफारिश भएको संसद विघटन राष्ट्रपतिले स्वीकार गर्न नहुने बताएका छन् ।

नेता पौडेलले संसद विघटन संविधान विपरीत भएको भन्दै लोकतन्त्रको मर्मविपरीतको साथै राष्ट्रहित विपरीत सिफारिश फिर्ता लिन माग गरेका छन् । उनले अहिलेको संविधानमा संसद विघटन गर्न मिल्ने प्रावधान नै नभएकाले राष्ट्रपतिले यसलाई स्वीकार गर्नु नहुने बताए ।

नेता पौडेलले मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने गैरलोकतान्त्रिक कदमको भर्त्सना गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*