२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

संसद भवनअगाडिको सडकमा शंकास्पद बस्तु फेला


नयाँबानेश्वर स्थित संसद भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ ।
कुकर बम जस्तो देखिने शंकास्पद बस्तु संसद भवन अगाडिको सडकको बिच भागमा झण्डै ११ बजेको समयमा फेला परेपछि अहिले बानेश्वर क्षेत्रको बाटो बन्द गरि डिस्पोज गर्ने तयारी भएको छ ।
डिस्पोजकालागि नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र नेपाली सेनाको टोलि घटना स्थलमा पुगेको छ । त्यस क्षेत्रलाई अहिले सुरक्षा कर्मीले घेरेर मानिसहरुलाई टाढा पठाइएको छ ।
हिजो आईतबार संसदबाट एमसीसी अनुमोदन भएपछि त्यसको बिरोध स्वरुप बम राखेको हुन सक्ने अनुमान छ ।
त्यस रुट भएर चल्ने सवारीका साधनलाई अहिले डाभर्ट गरेर अन्यत्रबाट पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*