२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

मान्छे खाने बाघ समातियो

मान्छे माथि आकर्मण गर्दै आएको पाटे बाघलाई नियन्त्रणमा लिइएको छ ।
डिभिजन बन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलका अनुसार बुधबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको जंगलबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।
१२ दिन देखि जंगलमा बाँधेर राखिएको पाडोलाई शिकार गर्न आएको बाघलाई आज बिहान बेहोस बनाई नियन्त्रणमा लिइएको थियो ।
बाघ नियन्त्रणकालागि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय बाँके, राष्ट्रिय निकुञ्ज बाँके तथा स्थानीय वन उपभोक्ता समिति लगायतको टोली सहभागी थियो ।
केहि महिना यता बाँके राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रबाट बाघले ५ जनाको ज्यान लिइसको छ ।
बाघले पटक पटक मानिसमा आकर्मण गर्न थाले पछि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रका राप्तीसोनारी, नरैनापुर गाउँपालिका लागाएतका स्थानीय त्रसित हुँदै आएका थिए ।
लामो समयको प्रयास पछि आज बाघलाई नियन्त्रण लिन सफल भएको डिभिजन बन कार्यालय बाँकेका प्रमुख कँडेलले बताए ।
नियन्त्रणमा लिइएको बाघलाई छलफल पछि कहाँ राखिने भन्ने आवश्यक निर्णय गरिने समेत कँडेलले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*