२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पुरा, तिन स्थानबाट दर्शन गर्न पाईने

मंगलबार (भोली) परेको शिवत्रात्रिमा दर्शनका लागि भक्तजनहरुको सुविधा र सुरक्षा लगाएका सम्पूर्ण तयारी पुरा गरिएको पशुपति क्षेत्र विकाष कोष व्यवस्थापन समितिले जनाएको छ ।
शिवरात्रिलाई मध्यनजर गरी पशुपति क्षेत्रलाई तामझामका साथ सजाईएको छ । बिद्युत व्यवस्था, भक्तजनहरुकालागि दर्शन गर्ने लाईन र त्यसकालागि झण्डै ५ हजार स्वयं सेवकको व्यवस्था मिलाईएको छ ।
दर्शनार्थीलाई मास्क र सेनिटाईजरको अनिवार्य व्यवस्था मिलाईएको कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायण प्रसाद सुवेदिले जानकारी दिए ।


दर्शनार्थीको सुरक्षाकालागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीको व्यवस्था गरिएको छ । त्यस्तै नेपाली सेना, नेपाल स्काउटले पनि सुरक्षामा सहयोग गर्ने छ ।
मन्दिर भित्र दर्शनका लागि तीनवटा दर्शन मार्ग व्यवस्था गरिएको संयोजक सुवेदिले बताए । गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन को ब्यवस्था मिलाईएको छ  । त्यस्तै मित्रपार्क जयबागेश्वरी, इटापाखा भएर भुवनेश्वरी स्थित फलामको ढोका हुँदै पश्चिम ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै बत्तीसपुतली, गौशाला, एयरपोर्ट, तिलगंगा भएर आउने भक्तजनका लागि चार शिवालय हुँदै प्रवेश गर्ने व्यवस्था समेत मिलाईएको सुुवेदिले बताए ।


दर्शनार्थीको घुईचोलाई मध्यनजर गर्दै तिलगंगा राममन्दिर तर्फबाट समेत लाइनको व्यवस्था गर्न समिने तयारी भएको छ ।
यातायातको चापलाई मध्यनजर गरेर एयरपोर्ट–चाबहिल सडकको आधा भागमा सवारी चलाउन दिने व्यवस्था मिलाईएको छ । सवारी चाप बढे आवश्यकताअनुसार डाइभर्सनको समेत व्यवस्था गरिने समेत सुवेदिले बताए ।
मेलामा हुने घटनालाई मध्यनजर गर्दै नगरिक सहायता कक्ष तथा दर्शन स्थल र बाटाहरुमा सीसीटिभी क्यामेराको राखिएको समेत सुवेदिले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*