२८ बैशाख २०८१, शुक्रबार  |  10 May 2024,Friday
Ad

संविधान दिवसमा नारायण चौरमा विशेष कार्यक्रम (तस्बिरहरुसहित)

नेपाल कम्युनिष्ट पार्टी एमालेले संविधान दिवस २०८० का अवसरमा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ । नक्सालको नारायण चौरमा बिहान ७ बजे एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम नाम दिएर ठूलो जमघट गराएको हो ।

कायृक्रममा सहभागिताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै सामाजिक सञ्जालमा भिडिओ सन्देशमार्फत राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको बारेमा जानकारी दिएका थिए । बुधवार बिहानैदेखि नारायण चौरमा सेल्फी खिचाउने युवायुवतीको भीड नै लागेको थियो ।

सोही कार्यक्रममा एमाले अध्यक्ष ओलीलगायतका हजारौं नेता कार्यकर्ताले पनि सेल्फी खिचाएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरदेखि एमाले कार्यकर्ताका साथै हजारैं सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखियो । त्यहाँ राष्ट्रिय दिवस, हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो संविधान लेखिएका बोर्डहरू राखिएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*