२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

श्रमिकको न्यूनतम पारिश्रमिक १७३०० (सूचीसहित)

नेपाल सरकारले अन्ततः श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । धेरै छलफल, बैठक र बहसपछि साउन मसान्त साउन ३२ गते श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ कायम गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचनै प्रकाशित गरेर २०८० साउन १ गतेदेखि लागू हुनेगरी पारिश्रमिक बढाएको छ । अब श्रमिकले कम्तीमा पनि महिनाको १७ हजार ३ सय रुपैयाँ तलब पाउनेछन् ।

यसरी तोकिएको तलबमा चिया बगानमा काम गर्नेबाहेकका श्रमिकको मासिक आधारभूत १० हजार ८२०, महँगी भत्ता ६ हजार ४८० गरेर जम्मा १७ हजार ३०० हुनेछ ।

यस्तै, दैनिक ज्यालादारीको रुपमा कार्यरत श्रमिकको आधारभूत पारिश्रमिक दिनको ४२८, महँगी भत्ता २५० गरेर जम्मा न्यूनतम ६६८ रुपैयाँ तोकिएको छ ।

प्रतिघन्टाको रुपमा भने आधारभूत पारिश्रमिक ५६, महँगी भत्ता ३३ गरेर न्यूनतम पारिश्रमिक ८९ रुपैयाँ तोकिएको छ । आंशिक समयमात्र काम गर्ने कामदारको हकमा भने प्रति घण्टा न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी चिया बगानका श्रमिकहरुको तलबमान पनि छुट्टै तोकेको छ । जसअनुसार उनीहरुले मासिक आधारभूत पारिश्रमिक ८ हजार ९३४, महँगी भत्ता ४ हजार ९५९ गरेर जम्मा न्यूनतम पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ तोकिएको छ ।

दैनिकको हकमा आधारतभूत पारिश्रमिक ३२३, महंगी भत्ता १७७ गरेर जम्मा न्यूनतम पारिश्रमिक पाँच सय तोकिएको छ । प्रति घण्टाको हकमा भने आधारभूत पारिश्रमिक ४३, महँगी भत्ता २३ गरेर जम्मा ६६ तोकिएको छ ।

चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके, र चौकीदारकोसमेत दैनिक भत्ता ६३ रुपैयाँ तोकिएको छ ।

उपयुक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानून बमोजिम श्रम सम्झौता, नियुक्तिपत्र, श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायतका सुविधा अनिवार्य रुमपा हुनुपर्ने उल्लेख छ ।

यस भन्दा न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले पनि कुनै रोजगार सम्झौता गर्न नपाइने जनाइएको छ । तोकिएको न्यूनतम पारिश्रमिक ऐन, २०७४ को दफा २८ बमोजिमको कानूनी व्यवस्थालाईसमेत अधार बनाएर लागू गरिएको मन्त्रालयले जनाएको छ । न्यूनत पारिश्रमिक दिने सन्दर्भमा केही प्रावधान फरक भएको अवस्थामा समेत यही न्यूनतम पारिश्रमिकलाई आधार बनाएर समायोजन गर्नुपर्नेछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*