२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

राहुल गान्धीको सांसद पद सुरक्षित

भारतीय सर्वोच्च अदालतले राहुल गान्धीको सांसद पद जोगाइदिएको छ । सांसदबाट निलम्बनमा परेका भारतीय कांग्रेस पार्टीका प्रमुख नेता गान्धीलाई सर्वोच्च अदालतको निर्णयले फुकुवा गरेको हो ।

भारतीय सर्वोच्च अदालतले शुक्रबार मोदी सरनेम मुद्दामा राहुललाई सजायबाट रोक लगाएकामा भारतीय सञ्चारमाध्यमहरूले प्रमुखता दिएर प्रकाशित गरेका थिए । यदि अदालतले रिटमा दायर गरेको दाबीलाई सहमति जनाएको भए राहुल लामो समय जेल सजाय र सांसद पदसमेत जाने थियो ।

भारतीय सर्वोच्च अदालतका न्यायाधीशत्रय बीआर गवई, पीएस नरसिम्हा तथा संजय कुमारको संयुक्त इजलासले राहुललाई सजाय गर्नु नपर्ने आदेश दिएको थियो ।

सर्वोच्चको संयुक्त बेन्चले यसमा कुनै शंका छैन, राहुलको लवज राम्रो थिएन र सार्वजनिक जीवनमा कुनै पनि व्‍यक्तिलाई सार्वजनिक रूपमा केही बोल्नु अगाडि सचेत हुनुपर्छ भन्‍नेमा उनी सचेत थिए ।

बेन्चले आफ्नो संयुक्त फैसलामा ट्रायल कोर्टले अधिकतम सजाय दिने कुनै कारण छैन । यो मुद्दामा अन्तिम फैसाला सुनाउनुअघि सजायको फैसालामा रोक लगाउनु आवश्यक छ । संचारमाध्यमहरुमा उल्लेख भएअनुसार यो अवस्थामा राहुललाई सजायको भागीदार गराउनु जरूरी छैन ।

सन् २०१९ मा ‘मोदी सरनेम’ को बयानलाई लिएर सूरतको तल्लो अदालतले गान्धीलाई २ वर्षको सजाय सुनाएको थियो। उक्त फैसलाको २४ घण्टापछि लोकसभाले उनको सदस्यता पद निलम्बन गरिदिएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*