२९ बैशाख २०८१, शनिबार  |  11 May 2024,Saturday
Ad

राष्ट्रिय सभा निर्वाचनको आचार संहिता आज राति १२ बजेबाट लागु हुँदै

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचार संहिता आज राति १२ बजेबाट लागु हुँदैछ । आचार संहिता अनुसार निर्वाचन आयोगको अनुमति लिएर मात्रै नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री/स्थानीय कार्यपालिकाका पदाधिकारीहरु निर्वाचन प्रचार प्रसारमा जान पाउने छन् ।

तर प्रचारमा जाँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न भने नपाईने निर्वाचन आयोगले जारी गरेको आचार संहिता सूचनामा उल्लेख छ ।

त्यस्तै आयोगले निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने खालका गतिविधी तथा विद्युतीय सामग्री उत्पादन गर्न वा सामाजिक सञ्जालमा प्रकाशन गर्न, अरूले प्रकाशन गरेका सामग्री सेयर गर्न लगाएतका कुराहरुमा आचार संहिताले रोक लगाएको छ ।

राष्ट्रिय सभामा रिक्त हुनलागेको १९ सिटकालागि निर्वाचन आयोगले यहि माघ ११ गते विहान ९ बजे देखि दिउँसो ३ बजे सम्म मतदान गराउँदै छ ।

६ बर्षे कार्यकाल पुरा गरेर विदा हुन लागेका राष्ट्रिय सभा सदस्यहरुको रिक्त स्थानमा आयोगले निर्वाचन गराउन लागेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, नगरपालिकाका मेयर उपमेयर तथा गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले मात्र मतदान गर्न पाउने व्यवस्था छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*