२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

राष्ट्रिय आविष्कार केन्द्रले १ करोड राशीको पुरस्कार पायो

राष्ट्रिय आविष्कार केन्द्र नेपालले ठुलो राशीको “भवन कीर्ति रत्न” पुरस्कार प्राप्त गरेको छ

केन्द्रलाई गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा मंगलबार १ करोड राशीको उक्त भवन कीर्ति रत्न पुररुकार प्रदान गरिएको हो ।
आविष्कार केन्द्रका संयोजक महावीर पुनले पुरस्कार ग्रहण गर्दै देशको विकास गर्न र देशलाई आत्मनिर्भर बनाउन नेपालमा धेरै भन्दा धेरै आविष्कार केन्द्र खोल्न आवश्यक रहेको बताए ।
देशमा नयाँ प्रविधिको विकास भए स्वरोजगारको थुप्रै अवसर आउने र नेपालीले स्वादेशमै रोजगार पाउने पनि संयोजक पुनले बताए ।
मुलुकमा हाइवे, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने भन्दै पुनले उत्पादन र नयाँ प्रविधिको विकासमा लागे मात्र अर्थतन्त्र सुधार्न सकिने बताए।
त्यस अवसरमा बोल्दै ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले नेपालको विकास प्रति चिन्तलशील हुन आवश्यक रहेको बताएका थिए ।

गैर आवासिय संघका पूर्व अध्यक्ष भवन भट्टद्वारा दशौं सम्मेलनमा घोषणा गरिएको यो पुरस्कार हरेक दुई दुई बर्षमा प्रदान गर्ने गरिन्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*