१८ बैशाख २०८१, मंगलवार  |  30 April 2024,Tuesday
Ad

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगद्वारा दल दर्ता गर्न आह्वान

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।
आउँदो फागुन २० मा राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिदै गरेको पूर्व सन्ध्यामा सभाको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले दल दर्ताकालागि सूचना प्रकाशन गरेको हो ।

आयोगले बिहिबार प्रकाशन गरेको एक सूचनामा पुस १ अर्थात (आज) बिहिबार देखि पुस १० सम्म दल दर्ताका लागि आयोगमा निवेदन दिन भनिएको छ ।

आयोगका अनुसार रिक्त हुने पदमा एक सदस्य मनोनित बाहेकका अन्य १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था अनुसार निर्वाचन प्रकृया अगाडी बढाईएको हो ।

२०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागे संगै आयोगले निर्वाचनको तैयारी गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्ने व्यवस्था छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*