४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

इन्जिन फेल भए पछि बुद्ध एयरको जहाज आकस्मिक अवतरण

इन्जिन फेल भए पछि बुद्ध एयरको (९ एन एईई) बीचक्राफ्ट जहाज आककस्मिक अवतरण गराईएको छ ।
चितवनको भरतपुरबाट काठमाडौंका लागि उडेको जहाजको बायाँ इन्जिन फेल भए पछि उडेको २ मिनेटमै भरतपुर बिमानस्थलमा नै अवतरण गराईएको हो ।
दिउँसो १ बजेर १६ मिनेटमा १८ जना यात्रु लिएर काठमाडौं उडेको जहाजको दुईमध्य बायाँ ईन्जिनले काम नगरेपछि आकस्मिक अवतरण गराईएको बुद्ध एयर स्रोतले बताएको छ ।
पाईलटले आकस्मिक अवतरणको अनुमति मागेपछि विमानस्थल तथा धावनमार्गमा आवश्यक सुरक्षा मिलायर जहाज अवतरण गराईएको थियो ।
अवतरण गराइएको विमानका यात्रु तथा चालकदलका सम्पूर्ण सदस्य सुरक्षित रहेको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*