२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार महाराजगन्ज स्थित त्रि.वि. शिक्षण अस्पतालमा भर्ना गरिएको राष्ट्रपति कार्यालय श्रोतले बताएको छ ।
राष्ट्रपतिको श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सको सुझाव अनुसार अस्पतालमा भर्ना गरिएको हो ।
अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको छ ।

यस अघि पेटमा समस्या देखिएपछि पौडेललाई केहि समय शिक्षण अस्पताल राखिएको थियो ।

निरन्तर चिकित्सकको निगरानीमा रहेका राष्ट्रपति पौडेलको फोक्सोका तल्लो भागको पानी भिकेर परीक्षणका लागि पाठाईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*