२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

भारतमा उपचार गरेको खर्च राष्ट्रपति पौडेलले आफै व्यहोर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको स्वास्थ्य उपचारको खर्च आफै वेहोर्ने चाहाना व्यक्त गरेका छन् ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीद्वारा मंगलबार हस्ताक्षरित जारी प्रेस नोटमा राष्ट्रपतिले भारतमा भएको स्वास्थ्य उपचार खर्च आफैले वेहोर्ने चाहना व्यक्त गरेको उल्लेख छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचाररत राष्ट्रपति पौडेललाई चिकित्सकहरुले थप उपचारकालागि भारत जान सुझाए पछि उनि भारतको नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा गएका थिए ।
झण्डै एक साताको उपचार पछि राष्ट्रपति पौडेल आईतबार स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएका पौडेलले भारतमा गराएको उपचार खर्च आफै व्यहोर्नु पर्ने नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा लगाएत केहि नेताले धारणा व्यक्त गरे पछि राष्ट्रिपति पौडेलले भारतमा उपचार गरेको खर्च आफै व्यहोर्ने चाहना व्यक्त गरेका हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*