२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

फेरी बढ्न थाल्यो कोरोना, सतर्कता अपनाउन चिकित्सकहरुको सल्लाह

नेपालमा कोरोना भाईरसको संक्रमण फेरी तिव्ररुपमा फैलन थालेको छ ।
भारतमा भाईरसको संक्रमण बढेको र खुल्ला बोर्डरकाकारण नेपाल भारतमा मानिस आवत जावत निरन्तर भईरहे संगै नेपालमा पनि भाईरस तिव्र रुपमा फैलन थालेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ५५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १ हजार २१६ को नमूना मध्ये ६७१ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र ५४५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी जम्मा ५५ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
यि भेटिएका संकमित सहित नेपालमा कुल ३९६ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालका अनुसार सक्रिय संक्रमित मध्य ७ जनाको आईसियू र ४ जनालाई भेन्टीलेटरमा राखेर उपचार भइ रहेको छ ।
यस अघि शनिबार देशको बिभिन्न स्थानमा भएका परिक्षणमा ६४ जना संक्रमित भेटिएका थिए ।
अहिले भेटिएको भेरिएन्ट खासै जटिल प्रकारको नरहे पनि सतर्कता अपनाउन भने चिकित्सकहरुले आग्रह गरेका छन् । बिशेष गरी छाति, दिर्घ रोगी, बालबालिका तथा जेष्ठ नागरिकलाई संक्रमण हुनबाट बचाउन पनि चिकित्सकहरुले सुझाएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*