२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

आज रातिबाट डिभी को आवेदन खुल्दै

अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन बुधबार (आज) राति ९ः४५ बाट खुला हुने भएको छ । अमेरिकी दूतावासका अनुसार आउँदो सन् २०२५ का लागि नेपाली समयअनुसार आज राति ९ः४५ बजे देखि आवेदन दिन सकिने अमेरीकी दुतावासको सूचनामा उल्लेख छ ।
दूतावासकाअनुसार अमेरिकी स्टेट गभर्मेन्टको साइट https://dvprogram.state.gov/ मा गएर मागिएको फर्मेट अनुसार आफै आवेदन दिन सकिने छ ।
आज राति ९ः४५बाट खुल्ने डिभी आउदो कात्तिक २९ गते राति १०ः४५ बजे सम्म आवेदन दिने सयावधी तोकेको पनि दूतावासको सूचनामा उल्लेख छ ।
डिभी भर्दा नाम, जन्म मिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका सक्कल विवरणहरू राखेर आवेदन दिनुपर्ने छ ।
विवाहित तथा बच्चाबच्ची हुनेहरूले उनीहरूको सम्पूर्ण विवरण समेत उल्लेख गरेर भर्नु पर्नेे छ ।
यसरी डिभी भर्दा एउटा व्यक्तिले एक पटक मात्र आवेदन दिन पाउँने छ । एक पटक भन्दा बढी आवेदन दिने व्यक्तिको आवेदन रद्द गरिने पनि दुतावासको सूननामा उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*