२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

यूईएफए सुपर कप म्यानचेष्टर सिटीको पोल्टामा

यूईएफए सुपर कपको उपाधि इंग्लिस क्लब म्यानचेष्टर सिटीले जितेको छ । स्पानिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले सो उपाधि हात पार्न सफल भएको हो ।

निर्धारित ९० मिनेटमा पनि जितहार नभएपछि सिटीले सेभियालाई पेनाल्टी सुटआउटमा ५.४ ले पराजित गर्यो । त्यसो त सिटी गत सिजन ट्रेबलको पनि उपाधि जितेको थियो ।

९० मिनेटको खेलमा दुवै टिम एक÷एक गोलको बराबरीमा रोकिएपछि खेल सीधै पेनाल्टी गएको थियो । जहाँ सुरुवाती ९ प्रहार गोलमा परिणत हुँदा सेभियाका नेमान्जा गुडेको प्रहार बारमा ठोकिएर बाहिरियो । यो निसाना चुकेसँगै उपाधि सिटीको हातमा पुग्यो ।

त्यसअघि युसुफ एन नेस्रीले २५ औं मिनेटमा गोल गर्दै सेभियालाई पहिले अग्रता दिलाएका थिए तर सिटीका कोल पाल्मरले ६३ औं मिनेटमा बराबरी गोल गरेको थिए ।

पेनाल्टीमा सिटीका लागि एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटेओ कोभासिस, ज्याक ग्रिलिस र केल वाल्करले गोल गरे ।

सेभियाका लुकास ओकम्पास, राफा मिर, इभान राकिटिक र गोन्जालो मोनिटेलले पेनाल्टीमा गोल गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*