२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

मोरक्को शक्तिशाली भूकम्पमा मर्नेको संख्या २ हजारभन्दा बढी, खोजी कार्य जारी

उत्तरी अफ्रिकी देश मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परेर २ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसबारे त्यहाँको गृह मन्त्रालयले १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते भएको जनाएको छ ।

मोरक्कोको मराकेस दक्षिण पश्चिम क्षेत्र क्षेत्रमा हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका भग्नावशेषमा खोजी कार्य अझै जारी रहेकोले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने संचार माध्यमहरुले जनाएका छन् ।

भूकम्पले धेरै क्षति बनाएको पहाडी गाउँहरुमा अझै उद्धारकर्ताहरु पुग्न सकिरहेका छैनन् । तर पनि खोज तथा उद्धार कार्य जारी छ । ग्रामीण बस्तीहरुबाट क्षतिको एकिन तथ्यांक अझै आउन बाँकी छ ।

भूकम्पको विनासपछि त्यहाँको केन्द्रीय सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि सरकारले आह्वान नै गरेको छ । भूकम्पले घरबास बिहीन भएका मानिसहरुले खुल्ला आकास मुनि बसिरहेका छन् । उनीहरुले खानासमेत राम्रोसित पाएका छैनन् ।

भूकम्पपछिका पराकम्पहरू आइरहेकाले स्थानीय बासिन्दा घरबाहिरै बसिरहेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*