२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

मुलुकको पछिल्लो आर्थिक अवस्था बारे प्रधानमन्त्री दाहालको चासो

मुलुकको पछिल्लो आर्थिक अवस्थाका विषयमा प्रधानमन्त्री पुष्पकमल दहालले चासो राखेका छन् ।
प्रधानमन्त्री दाहालले अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई बुधबार बालुवाटारमा डाकेर समग्र मुलुकको आर्थिक अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषय बारेमा जानकारी लिदै प्रधानमन्त्री दहालले बैंकिङ ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधार लगायतका विषयमा आवश्यक पहलकदमी अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए ।
साथै प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरूको खोजी गर्न र उत्पादन मुलक क्षेत्रलाई प्रोत्साहन गर्दै अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न पनि अर्थमन्त्री र गर्भनरलाई निर्देशन दिएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*