१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

मुक्त हलियाका घर तोडफोड

१६, फाल्गुन, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा निर्माणाधीन मुक्त हलियाका घरहरु अज्ञात समूहले तोडफोड गरेको छ ।
हलियाहरुको बन्दैगरेका १५ वटा घरमा तोडफोड भएका छन भने, सात वटा घर भत्काईएका छन । निर्माणधिन अवस्थामा रहेका ति घरहरु तोडफोड हुँदा झण्डै रु १० लाखभन्दा बढीको क्षति पिडिते बताएका छन ।
मुक्त हलिया परिवारलाई पिउने पानी उपलब्ध गराउनका लागि जडान गरिएका छ वटा नल पनि चोरी भएको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारले बताएका छन् । मुक्त हलियाका निर्माण हँुदै गरेका छ वटा घरका झ्याल ढोका समेत चोरी भएको बताईएको छ ।
भूमि सुधार कार्यालयले १५ परिवार मुक्त हलियालाई पुनःस्थापन गराउनका लागि प्रतिपरिवार दश धुर जग्गा र घर निर्माणका लागि रु दुई लाख २५ हजार उपलब्ध गराएको थियो ।
कार्यालयले उनिहरुलाई पुनःस्थापन गराएको जग्गामा घर निर्माण हुँदै गर्दा अज्ञात समूहले तोडफोड गरी इँट्टा, नल र झ्याल चोरी गरेर लगेको मुक्त हलिया गणेश सुनारले बताए । निर्माणधिन घरहरु भत्काईए पछि उनिहरु मारमा परेका छन ।
भत्काउने समुहको खेजि र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अज्ञात समूहले भत्काईएका घरको नगर प्रमुख पोतिला चौधरीसहितको जनप्रतिनिधि टोलीले अनुगमनसमेत गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*