२८ बैशाख २०८१, शुक्रबार  |  10 May 2024,Friday
Ad

मापदण्डविपरीत दिइएको सुविधा फिर्ता गर्न राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन


प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले मापदण्डविपरीत विशिष्ट व्यक्तिहरुलाई दिइएको सुविधा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहिबार (आज) बसेको बैठकले विशिष्ट व्यक्तिहरुलागि दिईएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिन भित्र फिर्ता गर्ने गरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको समितिका सभापति रामहरी खतिवडाले बताए ।
बैठकले यसरी फिर्ता बोलाईएकाहरुलाई उनिहरुको दरवन्दी भएको स्थानमा पठाई त्यसको जानकारी समितिलाई गराउन पनि निर्देशन दिईएको छ ।


त्यस्तै बैठकले मन्त्री तथा अन्य पदाधिकारीहरुले नियम भन्दा बढी सवारी साधनहरू प्रयोग गरेको भए त्यो पनि फिर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने पनि निर्णय छ ।


त्यस्तै समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालयहरू सार्वजनिक बिदाको दिनमा पनि खोल्न गरेको निर्णय कार्यान्वयनमा प्रभावकारी नभएको भन्दै उक्त निर्णय प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान पनि निर्देशन दिने निर्णय गरेको अध्यक्ष खतिवडाले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*