२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

आयोगद्वारा पलशाह प्रकरणको अनुसन्धालाई सघाउन सुझाव

राष्ट्रिय मानव अधिकार आयोगले नायक पल शाहमाथि लागेको जवरजस्ती करणीको आरोपको अनुसन्धानमा सघाउन सवैलाई आग्रह गरेको छ ।
आयोगले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै दुवै पक्षलाई संयमित भइ अनुसन्धानमा सघाउन आग्रह गरेको हो ।
आरोपित पक्ष र बिपक्षमा प्रचारबाजी तथा नाराबाजी भैरहेको भन्दै गम्भीर प्रकृतिको अपराधको अनुसन्धान गोप्य, निक्ष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने भन्दै आयोगले सवैलाई त्यस्तो आग्रह गरेको हो ।
समाचार संप्रेक्षण तथा सूचना प्रवाहमा अरुको मर्यादामा आँच आउने किसिमको क्रियाकलाप नगर्न भन्दै आयोगले अधिकार प्राप्त जिम्वेवार निकाएबाट अनुसन्धान भईरहेकोले सत्य तथ्य क्षानबिनका लागि सघाउन सवैमा आग्रह गरेको छ ।
गत फागुन ११ गते आफुमाथी जवरजस्ती करणी भएको भन्दै एक गायिकाले तनहु प्रहरीमा शाहविरुद्ध जबरजस्ती करणीको मुद्धा दर्ता गराए पछि पलशाहलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।
मुद्धा दर्ता भएको पाँच दिन पछि शाह कानुनको पालना गरेको भन्दै आफै प्रहरी समक्ष आत्मसर्मपन गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*