२९ बैशाख २०८१, शनिबार  |  11 May 2024,Saturday
Ad

माघ १ गते देखि काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण हुँदै

काठमाडौमा मेलम्चीको पानी माघ १ गते देखि पुनःवितरण गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोली (माघ १ गते ) सिंहदरबारमा आयोजना हुने कार्यक्रमबिच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेपछि पानी वितरण गरिने कार्यक्रम तय भएको बताईएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले भोलि १ गते प्रधानमन्त्री दाहालले पुनः वितरणको शुभारम्भ गरे पछि काठमाडौ वासीका धारामा पनि पठाईने जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोबिच यहि पुस ३ गते भएको समझदारीपत्रमा हस्ताक्षर अनुसार २८ दिनभित्र काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने तैयारी भएको थियो ।

पहिलो दिन भोलि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले झण्डै पाँच करोड लिटर काठमाडौंको अनामनगर र मिनभवनमा वितरण गर्ने छ ।

त्यस्तै वितरणको क्षमतालाई बढाउँदै क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पनि पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रक्राशकुमार राईले जानकारी दिए ।

मेलम्ची आयोजना निर्माण सुरु भएको झण्डै २२ वर्षपछि २०७७ साल चैतमा पहिलो पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको थियो ।
लामो दुरी र बर्षातका समयमा बाढीपहिरोका कारण क्षेति पुगेको आयोजना पटक पटक बन्द हुँदै आएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*