२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, झण्डै १ करोड ८६ लाखले मतदान गर्ने आयोगको अनुमान

सत्ता साझेदारी दलहरु संग सहमति जुटे संगै सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक गर्ने गरि मिति तोकेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले यहि आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो ।
निर्वाचन आयोगले मंसिर २ गते १२० दिनको अवधि राखेर निर्वाचनको मिति तोक्न सिफारिस गरे पनि आजको मन्त्रिपरिषदको बैठकले १०७ दिनको अवधी राखेर मंसिर ४ गते दुवै तहको निर्वाचन गर्ने गरि मिति घोषणा गरिएको सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्रि ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
यसै विच यस पटकको निर्वाचनमा मतदान गर्नेको संख्या १० लाखले बढ्ने निर्वाचन आयोगको अनुमान छ ।
निर्वाचन आयोगले (आज) बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभामा मतदान गर्नेको संख्या झण्डै १ करोड ८६ लाख सम्म हुन सक्ने आँकलन गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले स्वाच्छ, निश्पक्ष र भएरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरि आयोगले तैयारी थालेको बताए ।
त्यस अवसरमा बोल्दै प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको पद निर्वाचनमा उमेदवारी दर्ता गरे संगै सकिने बताए ।
यसको अन्तिम टुङ्गो कानुनी परमर्श गरेर व्याख्या गरिने पनि प्रमुख आयुक्त थपलियाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*