२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

भृकुटीमण्डपमा ईभी नेपाल एक्सपो सुरु

काठमाडौंको भृकुटीमण्डपमा इलेक्ट्रोनिक्स भेइकल (ईभी) नेपाल एक्सपो सुरु भएको छ ।
इभी एक्स्पोको शुक्रबार नेपाल बिद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गरेका छन् ।
मण्डपमा प्रदर्शनीका लागि विद्युतीय कार, स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्याक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ् स्टेसन, ब्याट्री लगायतका विद्युतीय सामग्रीहरु राखिएका छन् ।
प्रयाप्त मात्रामा बिद्युत उत्पादन हुन थाले पछि नेपालमा बिद्युतीय सवारी साधन तथा इलेक्ट्रोनिक्स सामानहरुको माग बढेको छ ।
वातावरण प्रदुर्शनमा सघाउ पुग्ने तथा पेट्रोलियम पदार्थको आयातमा कमिल्याउन र आत्मनिर्भरका लागि सरकारले पनि बिद्युतीय उपकरणको प्रयोग बढाउन प्रोत्साहन गर्दै आएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*