२९ बैशाख २०८१, शनिबार  |  11 May 2024,Saturday
Ad

भुकम्पमा परी घाईते भएकाको सरकारले निशुल्क उपचार गर्ने


शुक्रबार गएको भुकम्पमा परी घाईते भएकाहरुको सरकारले निशुल्क उपचार गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको आज बिहान सिंहदरवारमा बसेको बैठकले जाजरकोट, रुकुम लगाएतका जिल्लाका भुकम्पमा परी घाईते भएकाहरुको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको स्वाथ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जनकारी दिए ।

भुकम्पमा परी घाईते भएका लगभग सवैको उद्दार गरिएको भन्दै मन्त्री बस्नेतले प्रदेश अस्पताल तथा गम्भिर घाईतेलाई काठमाडौंमा ल्याएर उपचार गर्न सरकार तैयारी रहेको पनि जानकारी दिए ।


त्यस्तै भुकम्प प्रभावितलाई सहयोग गर्न गरिएको अन्तराष्ट्रिय सहयोग प्रस्तावलाई मन्त्री परिषदले स्वीकार गर्ने निर्णय गरेको छ । बिहान बसेको मन्त्रिपरिषदको बैठकले छिमेकी तथा मित्र राष्ट्र एवं अन्तराष्ट्रि संघ संस्थाहरुले प्रदान गर्ने सहयोगलाई स्वीकार गर्ने र सहयोग गर्ने राष्ट्रहरुलाई धन्यबाद दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् ।

भुम्पबाट प्रभावितकालागि अहिले सम्म छिमेकी राष्ट्र भारत, चिन, पाकिस्तान, रुस लगायतले सहयोग गर्ने घोषणा गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*