२४ बैशाख २०८१, सोमबार  |  6 May 2024,Monday
Ad

भारतमा बाढि पहिरोमा परि महाराष्ट्रमा ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो, प्रभावित क्षेत्रका शैक्षिक संस्था बन्द

महाराष्ट्रको राइगढमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । पहिरोमा परेका १२ जनाको शव निकालिएको र उद्धारमा खटिएका एक जनाको हृदयघातका कारण ज्यान गएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ । राइगढ खालापुर तहसीलको इरशालवाडी गाउँमा गएको पहिरोमा परेका २२ जनाको हिजो नै उद्धार गरिएको थियो ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैगरी लगातारको वर्षापछि प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द गरिएको छ । भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू केही दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिणी राज्य तेलङ्गाना, उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशका केही भाग र दक्षिणपश्चिम राज्य महाराष्ट्रका धेरै जिल्लामा ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*