२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्र मन्त्री श्रीलङ्का जाने

परराष्ट्र मन्त्री नारायण खड्का बिमस्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलङ्का जाने भएका छन् ।

आईतबार बसेको मन्त्रिपरिषदको बैठकले चैत १६ गते श्रीलङ्ककामा हुन लागेको पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्रि त्यस तर्फ जाने निर्णय गरेको छ ।
मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्रमन्त्री खड्का र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसहितको नेपाली प्रतिनिधिमण्डल श्रीलङ्का जाने निर्णय भएको जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले बिमस्टेक वडापत्रलगायत दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय समेत गरेको छ ।
बैठकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालबाटै भर्चुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम तय समेत गरिएको कार्कीले जानकारीले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*