१५ बैशाख २०८१, शनिबार  |  27 April 2024,Saturday
Ad

बाँस्कोटालाई बर्खास्त गरी निष्पक्ष अनुसन्धान गर्न काँग्रेसद्वारा माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ ।
‘सेक्युरिटी प्रिन्टिङ प्रेस’ खरिदका बिषयमा लेनदेनको अडियो सार्वजनीक भए पछि मन्त्री बास्कोटालाई बखास्त गरी छानबिन गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको हो ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहिबार हस्ताक्षरीत जारी विज्ञप्ति मार्फत ७० करोड मागेको भन्ने अडियो अनलाईन सञ्चार माध्यममा सार्वजनिक भएकाले निष्पक्ष छानबिन गर्न सम्मानित प्रधानमन्त्री लाई आग्रह गरिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी गरे सँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ,’ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसै बिच नेपाल बिद्यार्थी संघले पनि मन्त्री बास्कोटालाई बर्खास्त गरी कानुनि कारवाहीको प्रकृया अगाडि बढाउन माग गरेको छ ।
नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाद्वारा बिहिबार एक विज्ञप्ती जारी गरी बास्कोटालाई संरक्षण गर्न प्रधानमन्त्री उद्दत देखिए आन्दोलनको आँधीबेहरी श्रृजना गर्न बध्य हुने चेतावनी दिईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*