४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

राजीनामा दिए सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसन सम्बन्धी अडियो सञ्चार माध्यममा सार्वजनिक भएपछि बिहीबार दिउँसो मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको प्रतिनिधिसभा बैठकमा जानकारी गराए ।
मन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले आफुलाई त्यस्तो जानकारी प्राप्त भएकोे संसदमा जानकारी गराएका हुन् ।
यस सम्बन्धमा लिखित जानकारी आउने विश्वास व्यक्त गर्दै सभामुख सापकोटाले प्रतिपक्षी दललाई संसदको कारवाही अघि बढाउनकालागि सहयोग गर्न भनेका थिए ।
यस अधि प्रधानमन्त्री केपी शर्मा ओलि र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल (प्रचन्ड) बिच बाहिरिएको अडियो तथा मन्त्री बास्कोटाको राजिनामाको बारेमा छलफल गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*