२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

थप उपचारकालागि नेता भण्डारीलाई भारत पठाईयो

नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

गए राति खाना पकाउने ग्याँसको सिलिण्डर विस्फोट भएर घाईते भएका नेता भण्डारीको थप उपचारको लागि भारत पठाईएको नेपाली काँग्रेका नेता कल्याण गुरुङले जनकारी दिए ।
आज दिउँसो श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पताल लगिएकोे छ ।
राति सिलिण्डर विस्फोटम परी घाईते भएका भडारीको कीर्तिपुर स्थित कीर्तिपुर बर्न अस्पताल पुर्याईएको थियो ।
त्यहाँ भण्डारीको सहज उपचार हुने अवस्था नदेखिए पछि थप उपचारका लागि भारत लैजान अस्पतालले सिफारीस गरेको थियो । भण्डारीको हात तथा खुट्टामा ग्यासले झण्डै २५ प्रतिशत जलेको छ ।
नेता भण्डारी संग ६ जना चिकित्सकको टोलि पनि त्यस तर्फ गएको छ ।
नेता भण्डारी संगै सिलिण्डर विस्फोटमा परेकी उनकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
अस्पताल श्रोतका अनुसार आमा हरिकलाको उपचारका क्रममा विहान निधन भएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*