२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

फेरि बढ्यो सुन : तोलाको ११२५००

पहेंलो धातु सुनको मूल्य आइतबार पुनः बढेको छ । अघिल्लो साता मूल्यमा गिरावट आएकोमा यो साताको पहिलो दिन बजार खुल्दा सुनको मूल्य ३ सय रुपैयाँले बढेर आएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघद्वारा जारी प्रेस नोटअनुसार आइतबार प्रतितोलामा ३ सयले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । तेजावी सुनमा पनि भाउ बढेको छ । तेजावी सुन प्रतितोला १ लाख ११ हजा ९५० रुपैयाँमा कारोबार भएको हो ।

सुनको मूल्य बढे पनि चाँदी भने स्थिर रहेको छ । आज बजारमा चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*