१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

प्राईभेट परीक्षाको फाराम भर्ने समय थपियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्राईभेट तर्फको स्नाकोत्तर दोस्रो बर्षको फारम भर्ने समय थप गरेको छ ।
फारम भर्ने समय सकिनै लागेको समयमा विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेको पाईएपछि प्राईभेटको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्ने समय थपिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
परिक्षा फारम भर्ने बिद्यार्थीको सङ्ख्या बढनु र चाडपर्वका कारण परिक्षा दिने बिद्यार्थी छुट्न सक्ने भन्दै बिश्वबिद्यालयले कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको बताएको छ ।
त्रि.बि.ले दोब्बर दस्तुरमा आउँदो कात्तिक १९ गतेसम्मका लागि समय तोकेको छ । जनप्रशासन र राजनीतिशास्त्रमा गरि अहिले सम्म करिब १२ हजर परिक्षार्थीले फाराम भरिसकेका छन् ।
सेमेष्टर प्रणाली शुरु भए संगै जागिरे बिद्यार्थीलाई नियमित पढ्न अफ्ठेरो परिरहेको बेला त्रि.बि.ले प्राईभेट तर्फ जनप्रशासन र राजनीतिशात्र अध्ययन गर्ने बिद्यार्थीलाई अवसर दिएको हो । यहि अवसरलाई मध्यनजर गर्दै प्राईभेट परिक्षा दिने बिद्यार्थीको संख्या बेढेको छ ।
आउँदो कार्तिक १ गते शुक्रबारसम्म तोकिएको दस्तुर र १५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने समय तोकिएको त्रिभुबन बिश्वबिद्यालयले फारम भर्ने म्याद थपे संगै परिक्षा फारम भर्ने बिद्यार्थीको संख्या अझै बढ्ने अनुमान गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*