२९ बैशाख २०८१, शनिबार  |  11 May 2024,Saturday
Ad

प्रहरी समायोजनको प्रक्रिया छिटो टुङ्ग्याउन प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटो टुङ्ग्याउन निर्देशन दिएका छन् ।
बुधवार बालुवाटारमा प्रहरी समायोजनको प्रक्रिया टुङ्ग्याउन बोलाईएको बैठकमा प्रधानमन्त्री दाहालले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुङ्गिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसलाई चाँडै टुङ्ग्याउन निर्देशन दिएका हुन् ।
कानुन र संघियता पूर्ण रुपमा कार्यान्वयन नहुँदा सङ्घीयता विरोधीहरूले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गर्न थालेको भन्दै ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुङ्ग्याउनु पर्ने बताए ।
प्रधानमन्त्री दाहालले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्य सञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बितिसक्दा समेत समायोजन अघि नबढेको भन्दै त्यसलाई चाँडै मुर्तरुप दिन आग्रह गरे ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीहरू लगाएत बिशिष्ठ व्यक्तिहरुको उपस्थिती थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*