२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

पाकिस्तानी मन्त्रिपरिषको सिफारिसमा संसद विघटन

पाकिस्तानी मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले संसद भंग गरेका छन् । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदले संसद कार्यकाल सकिनै लाग्दा बुधबार मध्यराति संसद भंगका लागि सिफारिस गरेको हो ।

संसदको कार्यकाल यही १२ अगस्टमा समाप्त हुँदै थियो । तर त्यसभन्दा तीन दिन अगाडि नै संसद भंग गर्नुको कारण भने मन्त्रिपरिषदले खुलाएको छैन ।

संसद भंगसँगै मन्त्रिपरिषद पनि भंग भएको छ । तर अर्को चुनावी प्रधानमन्त्री चयन नहुन्जेल शहबाज शरीफले नै मन्त्रिपरिषदको नेतृत्व गर्ने छन् ।

पाकिस्तानी समाचार एजेन्सीहरुका अनुसार आगामी तीन दिनभित्रै कार्यबाहक प्रधानमन्त्री चयन गरिने छ । यसका लागि विपक्षी दलका नेता राजा रियाज र सत्तासिन शहबाज शरीफबीच छलफलका लागि तय भइसकेको पनि संचार संस्थाहरुले जनाएका छन् ।

विपक्षी नेता रियाजले नयाँ प्रधानमन्त्री चयनका लागि सहमतिको कोसिस गर्न छलफल गर्न लागेको बताइएको छ ।

संसद भंगसँगै पाकिस्तानमा ९० दिनभित्र आमनिर्वाचन गर्नुपर्ने हुन्छ । संसद विघटनसँगै आमचुनावको तयारी पनि थालिएको बेला पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्योलमै छ ।

भ्रष्टाचार मुद्दामा उनलाई तीन वर्षको जेल सजायँ तोकिएसँगै पाकिस्तानी निर्वाचन आयोगले इमरानले आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नपाउने निर्णय सुनाएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*