२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी विजयी

पाकिस्तानको राष्ट्रपतिमा पिपुल्स पार्टीका सह–अध्यक्ष आसिफ अली जरदारी विजयी भएका छन् ।
पाकिस्तानको निर्वाचन आयोगका अनुसार राष्ट्रपतिको निर्वाचनमा ४११ भोट पाएर जरदारी विजयी भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
सनिवार सम्पन्न निर्वाचनमा प्रतिद्वन्दी महमुद खान अचकजइलाई २३०को भारी मतको अन्तरले जरदारी विजयी भएका हुुन् । महमुद खान अचकजईले १८१ भोट मात्र पाएका थिए ।
६८ बर्षीय जरदारीको पाकिस्तानी राष्ट्रपतिमा यो दोस्रो कार्यकाल हो । उनी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए ।
जरदारीले आईतवार (आजै) पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफ समक्ष पद तथा गोपनियताको शपथ खाने छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*