२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

पहेंलो धातु सुनको भाउ छोई नसक्नु

नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बुधबार पनि बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । त्यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँ महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार जारी गरेको सूचनाअनुसार छापावाला सुन ५०० रुपैयाँले बढेर तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ भएको छ । त्यस्तै तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको हो।

अघिल्लो दिनको कारोबारमा पनि तोलामा २०० रुपैयाँ बढेको थियो । मंगलबार नेपाल सुनचाँदी व्यवसायी संघले छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ तोकेको थियो भने तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम गरेको थियो।

चाँदीको भाउ पनि बुधबार प्रतितोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा किनबेच भएको छ । मंगलबार भने प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँमा थियो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*