१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

पछिल्लो २४ घण्टामा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५८ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी जम्मा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा ३ सय ४२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । भने २ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० पुगेको छ । भने मृत्यु हुनेको कुल संख्या ११ हजार ५ सय २३ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*