१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

१० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आईपुग्यो

सरकारले उत्तरी छिमेकी देश चीनबाट थप १० लाख २० हजार डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप नेपाल ल्याएको छ ।
बुधबार बिहान आईपुगेको भेरोसेल खोप टेकुस्थित भण्डारण राखिने तैयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय श्रोतले बताएको छ ।

कोभ्याक्स सँगको कस्ट सेयरिङ योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज भेरोसेल खोप मध्येबाट पहिलो लटमा १० लाख २० हजार डोज खोप नेपाल आईपुगेको हो ।
नेपालले अहिले सम्म कुल १ करोड ८९ लाख ५९ हजार तीन सय ३० डोज खोप ल्याएकोमा फ्रन्टलाईनर र सर्वसाधारण गरि १ करोड ५३ लाख ४२ हजार एक सय ९८ डोज खोप लगाइसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*