२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

पकिस्तानी प्रधानमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव

पाकिस्तानको राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग–एन (पीएमएलएन)ले मंगलबार सभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस भएको पाकिस्तानी संचारमाध्यमले जनाएका छन् ।
विपक्षी गठबन्धनको एक घटक पाकिस्तान पिपुल्स पार्टीका प्रवक्ता नवीद कमारका अनुसार प्रधानमन्त्री बिरुद्ध १४० जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेश भएको हो ।
यो अविश्वासको प्रस्ताव सदन नचलेका अवस्थामा संविधानको धारा ५४ अनुसार पेस भएको बताईएको छ ।
संविधानको धारा ५४ अनुसार राष्ट्रिय सभाका २५ प्रतिशत सदस्यले हस्ताक्षर गरी बैठक आह्वानको माग गर्न सक्ने व्यवस्था छ ।
३४२ सदस्य रहेको राष्ट्रिय सभामा अविश्वास प्रस्ताव पारित हुनका लागि १७२ भोट आवश्यक पर्छ ।
राष्ट्रिय सभामा प्रधानमन्त्री खानको पार्टीको १५५ भोट रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*